काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन यही चैत तेस्राे साता राजधानीमा हुने भएकाे छ । यही चैत २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।
उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गतवर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो । महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पूरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।

