२०८३, कार्तिक १४ गते शनिबार

जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद

जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद


  • मेरोभ्यूज
  • चैत्र ५, २०७८ शनिबार

  • जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद

    काठमाडौं । उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

    गएराति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ ।

    यता काठमाडौँ महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकका ४९ वर्षीय दोर्जे तामाङलगायत आठ जना पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद रु तीन लाख ६१ हजार तथा तीन बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौँ महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राईलगायत १० जनालाई गए राति पक्राउ गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु ४० हजार ९०० र तीन बुक तास बरामद गरेको छ । तीनै वटा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।


    प्रकाशित : शनिबार, चैत्र ५ २०७८१०:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार