२०८३, कार्तिक १३ गते शुक्रबार

विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल


  • मेरोभ्यूज
  • चैत्र ५, २०७८ शनिबार

  • विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

    काठमाडाैं । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ ।

    लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ ।

    सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ । फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् । 


    प्रकाशित : शनिबार, चैत्र ५ २०७८१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार