२०८३, कार्तिक १३ गते शुक्रबार

म उपप्रधानमन्त्री भएकाे सरकारले वृद्ध भत्ताकाे शुरूवात गरेकाे हाे- माधव नेपाल

म उपप्रधानमन्त्री भएकाे सरकारले वृद्ध भत्ताकाे शुरूवात गरेकाे हाे- माधव नेपाल


  • मेरोभ्यूज
  • चैत्र ४, २०७८ शुक्रबार

  • म उपप्रधानमन्त्री भएकाे सरकारले वृद्ध भत्ताकाे शुरूवात गरेकाे हाे- माधव नेपाल

    लाप्राक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टीले वृद्धवृद्धालाई भत्ता दिएकाे स्मरण गराउँदै आगामी निर्वाचनमा एकीकृत समाजवादीलाई विजयी गराउन आग्रह गरेका छन् । गाेरखाकाे लाप्राकमा शुक्रबार आयाेजित जनसभालाई सम्बाेधन गर्दै उनले आफ्नाे पार्टीका नेता मनमाेहन अधिकारी प्रधानमन्त्री र आफू उपप्रधानमन्त्री भएकाे सरकारले २०५१ सालमा ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेकाे बताए । 

    “सारा देशले सम्झिरहेकाे छ, मनमाेहन अधिकारी प्रधानमन्त्री, म उपप्रधानमन्त्री, पार्टीका मुल नेता म यहीं आएकाे छु, तर जनताले बिर्सनु भएछ”, उनले भने, “हिजाे १०० रूपैयाँबाट शुरू गर्नुभयाे, अहिले ४ हजार रूपैयाँ छ, भाेलि ५ हजार पुर्याउने भनिएकामा धन्यवाद भन्नुपर्याे ।”

    आफू उपप्रधानमन्त्री भएकाे साेही सरकारले नै देशभरका ४ हजार गाविस प्रत्येकलाई तीन लाखका दरले आफ्नाे गाउँ, आफैं बनाउ भन्ने नाराका साथ खर्च दिएकाे बताउँदै अध्यक्ष नेपालले अहिले साे रकम बढेर तीन कराेड पुगेकाे बताए । विकास निर्माणका स्थानीय सक्रिय हुनुपर्नेमा जाेड दिँदै उनले जनसहभागितासहितकाे विकासले मात्र समृद्धि हुने बताए । 


    प्रकाशित : शुक्रबार, चैत्र ४ २०७८०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार