२०८३, कार्तिक १५ गते आइतबार

सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै


  • मेरोभ्यूज
  • फाल्गुण १५, २०८२ शुक्रबार

  • सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

     

    तनहुँ । यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिकरुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन शुरु गरेको हो ।

    तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताए ।

    अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनीकोटका किसान दलबहादुर थापाले केही वर्षयता सुन्तलाका बोटहरु सुक्दै जाने समस्या देखिएको बताए ।

    उनका अनुसार बेनीकोटबाट यस वर्षमात्रै रु. दुई करोड बढीको सुन्तला बिक्री भइसकेको छ । यहाँ एक सय भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।

    कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट रु. ४२ करोड ५० लाखको सुन्तला बिक्री भएको थियो । त्यतिबेला एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

    त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा रु. ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

    जिल्लाका आठ हजार छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तलाखेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।


    प्रकाशित : शुक्रबार, फाल्गुण १५ २०८२१०:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार