
काठमाडौं । भारतीय चर्चित ब्राण्ड एम्पीयरको विद्युतीय स्कुटर नेपाली बजारमा आएको छ । भारतमा एक सय ६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्राण्डका स्कुटर एसटिसी अटो शोलुसन प्रा.लि.ले नेपाली बजारमा ल्याएको हो ।
सो कम्पनीले एम्पीयरका दुई मोडल नेपाल भित्रयाएको छ ।
ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले १७ वर्षदेखि भारतमा विद्युतीय दुई पांग्रे साधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सका उत्पादन एम्पीयर भारतमा टप छ ब्राण्डको रुपमा आफ्नो बलियो उपस्थिति जनाइरहेको कम्पनीले दाबी गरेको छ ।
उच्च दक्षतायुक्त विश्वस्तरीय स्कुटरहरु नेक्सस र म्याग्नस निओ गरी दुई मोडलका स्कुटरको बिक्री शुरु भएको कम्पनीले जनाएको छ ।
एम्पीयरका स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएको कम्पनीको दाबी छ । सो ब्याट्रीको लाइफ साइकल दुई हजारसम्म रहेको र ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी रहेको छ ।
एम्पीयरका स्कुटरमा मजबुद च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी प्रयोग भएका छन् ।

एम्पीयर मेग्नस निओ
एम्पीयर मेग्नस निओमा २.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेको छ भने यसलाई एक पटक फुल चार्ज गरेर एक सय किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
यो स्कुटरमा आरामदायी सिटका साथै एक सय ५० किलो लोडिङ क्षमता र एक सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छ । यसको मूल्य तीन लाख रुपैयाँ कायम गरिएको छ ।
नेक्सस
नेक्ससमा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा तीन किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर एक सय सात किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।
मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्ससहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, युएसबी चार्जर, केनेक्टिभिटीजस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य तीन लाख पैतीस हजार रुपैयाँ रहेको छ ।


