२०८३, कार्तिक १५ गते आइतबार

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’


  • मेरोभ्यूज
  • पौष २०, २०८२ आइतबार

  • ‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

     

    काठमाडौँ । मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार बन्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

    सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले गत मंगलवार काठमाडौँमा आयोजना गरेको ‘समन्वय र सहमतिका लागि सरोकार भएकाहरूबीच’ संवाद विषयक अन्तक्र्रियामा विकासका मुद्दामा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइएको हो ।

    पूर्वसांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता अञ्जना बिसंखेले पुराना राजनीतिक दलहरू थप जिम्मेवार नबने निर्वाचनपछिको अवस्था झन जटिल बन्न सक्ने धारणा राखिन् ।

    विश्लेषक डा. इन्द्रा अधिकारीले राजनीतिक क्षेत्रमा अपेक्षित परिवर्तन नआएको उल्लेख गर्दै जेनजी पुस्ता र अघिल्लो पुस्ताको सोचमा फरक रहेको बताइन् । उनले सत्तामा रहेका व्यक्तिका सन्तानले सहज रूपमा सेवा–सुविधा पाउने तर आम युवाले नपाउने अवस्थाले असन्तोष बढाएको धारणा राखिन् ।

    अनुसन्धानकर्ता रीता साहले सत्तामा रहेका व्यक्तिले सत्ता जोगाउन जनभावनासँग खेल्ने गरेको उल्लेख गर्दै वर्तमान सरकारले पनि युवालाई स्वीकार्न नसकेको धारणा राखिन् । उनले चुनाव नजिकिँदै गर्दा बन्ने गठबन्धन पितृसत्तात्मक रहेको र त्यसमा महिलाको सहभागिता न्यून भएको भन्दै विरोध जनाइन् ।

    गैरसरकारी संस्था महासङ्घका महासचिव देवी खड्काले सामाजिक सद्भाव कायम गर्न अपरिहार्य रहेको बताइन् । उनले राज्यसत्तामा रहेका व्यक्तिहरूले युवाको सोचअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचन आचारसंहिता र यसका मूल्य–मान्यता नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिइन् ।

    कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सुशासन, भ्रष्टाचारविरुद्ध आवाज उठाउन भएको जेनजीको आन्दोलन नसकिएको भन्दै जेनजीसँग भएका सम्झौतालाई दलहरूले पनि स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

    -----


    प्रकाशित : आइतबार, पौष २० २०८२१०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार