२०८३, कार्तिक १५ गते आइतबार

सदर चिडियाखानामा कालो रङको चितुवा

सदर चिडियाखानामा कालो रङको चितुवा


  • मेरोभ्यूज
  • मंसिर १३, २०८२ शनिबार

  • सदर चिडियाखानामा कालो रङको चितुवा

     

    काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा पूर्णरूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।

    पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

    पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ गते चिडियाखानामा ल्याइ पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो ।

    यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भइ काला धब्बाहरू बन्ने भएकोले पूर्णरूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।


    प्रकाशित : शनिबार, मंसिर १३ २०८२०९:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार