२०८३, कार्तिक १५ गते आइतबार

हराउँदै धान कुट्ने ओखल

हराउँदै धान कुट्ने ओखल


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८२ सोमबार

  • हराउँदै धान कुट्ने ओखल

     

    जुम्ला । आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ‘ओखल’ हराउँदै गएको छ । यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन् ।

    तिला गाउँपालिका–४ स्थित नुवाकोट गाउँका स्थानीयवासी राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र हैन जाँतो पनि गाउँघरमा वीरलै पाइने गरेको बताइन् ।

    यहाँको नुवाकोट गाउँमा नौ गाउँका स्थानीयको धान कुट्ने ओखल छ, पछिल्लो समय नजिकैका गाउँले मात्र यस ओखलमा धान कुट्न आउने गरेका छन् ।

    उनले भनिन्, “आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ । हाल मिलमै कुटानीपिसानी हुने गरेको छ । समयको बचत हुने भएकोले पनि मिलमा धान कुट्नेको सङ्ख्या बढेको हो ।”

    पहिला सबैजसो घरमा ओखल बनाइएको हुन्थ्यो । ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकोले यसको प्रचलन हट्दै गएको तीला गाउँपालिका–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए ।

    उनी भन्छन्, “पहिले धान कुट्न प्रयोग गरिँदै आएको टिक्के ओखल हराउँदै गएको छ । अब ओखलबारे नयाँ पुस्ता अनभिज्ञ हुने अवस्था आएको छ ।

    आधुनिक उपकरणले मानिसको जीवन सहज बनाएको त छ, तर परम्परागत सिप, प्रविधि र ज्ञान भने सङ्कटमा छन् । तिनको संरक्षण गर्न पालिका लागिपरेको छ ।”


    प्रकाशित : सोमबार, कार्तिक १७ २०८२१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार