२०८३, कार्तिक १५ गते आइतबार

दलित समुदायका बालबालिका विद्यालय फर्कँदै

दलित समुदायका बालबालिका विद्यालय फर्कँदै


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • दलित समुदायका बालबालिका विद्यालय फर्कँदै

     

    सिरहा । विद्यालय छाडेका यहाँको लहान नगरपालिका–१८ का दलित तथा मुसहर समुदायका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनःविद्यालय फर्केका छन् ।

    शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि कक्षा १ देखि ८ सम्मका विद्यालय छाडेका ६० जना बालबालिका विद्यालय फर्किएका हुन् ।

    यसैअन्तर्गत हालै विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोसाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको छ ।

    नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त सामग्री वितरण गरेको हो ।

    नगरप्रमुख चौधरीले भने, “हामी विद्यालय सुधारमा लागिपरेका छौँ । दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय नछाडुन् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौँ ।”

    उक्त कार्यक्रम रोटरी क्लब काठमाडौंको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा गरिएको हो ।

    क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्खेले विसनपुर र शोभापुरसहित लहान–१३ स्थित घलेटोलका विद्यालय छाडेका बालबालिकालाई पुनःविद्यालयमा भर्ना गराइएको जानकारी दिए ।

    उनले भने, “यो कार्यक्रम लहान नगरपालिकासँगको समन्वयमा अघि बढाएको हो । हामीले विद्यालयबाट विमुख बालबालिकालाई पुनःशिक्षामा फर्काउन ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२०७:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार