२०८३, कार्तिक १५ गते आइतबार

विजयादशमीको दिन दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहल-पहल

विजयादशमीको दिन दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहल-पहल


  • मेरोभ्यूज
  • आश्विन १६, २०८२ बिहीबार

  • विजयादशमीको दिन दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहल-पहल

     

    काठमाडौं । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहल-पहल देखिन थालेको छ ।

    महानवमीका दिन बुधबार सुनसानप्राय बनेको राजधानीमा बिहीबार विजयादशमीको टीकापछि भने घर बाहिरका आफन्तसँग दुर्गा देवीको प्रसाद लगाउन हिँड्नेको केही चहल-पहल देखिन थालेको हो ।

    निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।

    दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ ।

    राजधानीमा मानिसको चहल-पहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् ।

    थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचिएर यात्रा गर्न यात्रु बाध्य छन् ।

    यस वर्षको दशैँमा झरी परेका कारण पनि टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।


    प्रकाशित : बिहीबार , आश्विन १६ २०८२०८:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार