२०८३, कार्तिक १५ गते आइतबार

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने


  • मेरोभ्यूज
  • भाद्र ३०, २०८२ सोमबार

  • भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

     

    तनहुँ । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो ।

    कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजनाअन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

    इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए ।

    गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ ।

    जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उनले जानकारी दिए ।

    उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ ।

    किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ ।

    “गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ”, उनले भने, “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ ।”

    भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्याउने विश्वास गरिएको छ । रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।


    प्रकाशित : सोमबार, भाद्र ३० २०८२११:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार