
काठमाडौं । हालै सम्पन्न होस्टल व्यावसायी सङ्घ नेपाल, काठमाडौं जिल्लाको तेस्रो साधारणसभा तथा विशेष अधिवेशनले काठमाडौं जिल्ला कार्य समितिको अध्यक्षमा हिक्मतबहादुर थापालाई निर्वाचित गरेको छ ।
काठमाडौं, सङ्खमुलमा सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा जुनु ढकाल, सचिवमा ध्रुवप्रसाद ढकाल, सह-सचिवमा डम्बर जोशी, कोषाध्यक्षमा कमला भट्टराईलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा रमिता श्रेष्ठ, निरज ढकाल, कमला उप्रेती र टेकबहादुर गुरागाई निर्वाचित भएका छ्न ।
अध्यक्षमा निर्वाचित भएपछि थापाले सस्थामा कुनै पनि प्रकारको अहित हुने कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सस्थामा आउने हरेक किसिमको आरोहअवरोहको सामना गरि सस्थालाई मजवुत बनाएर अगाडि बढाउने विश्वास दिलाए ।
कार्यक्रममा उपस्थित सदस्यहरुले व्यवसायीहरुको हकहित, अधिकार तथा व्यवसायीमा रहेका विविध समस्याको समाधान गरिनु पर्नेमा नेतृत्वले प्रभावकारी तथा रचनात्मक भूमिका निभाउनु पर्नेमा जोड दिए ।
प्रमुख निर्वाचन आयुक्त सस्थाकी केन्द्रिय महासचिव सुनिता बटाजुको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।


