२०८३, कार्तिक १५ गते आइतबार

जनताको उत्साहले माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : अध्यक्ष प्रचण्ड

जनताको उत्साहले माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • Pushpakamal Dahal Prachanda 22o .jpg

    लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएको छ ।

    माओवादी केन्द्रका उपाध्यक्षहरू, महासचिवलगायतको उच्चस्तरीय टोलीसहित प्रचण्ड हालै लमजुङको राइनास नगरपालिका आइपुग्दा स्थानीयवासीले बाजागाजा र परम्परागत लाखे नाचसहित भव्य स्वागत गरेका थिए ।

    अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभइ जनतामाझ पनि नयाँ उर्जा थपिएको बताए ।

    उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा समेत जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमै बसेर उनीहरूको पीडा र अनुभव सुन्ने अभ्यास कायम राखिएको उल्लेख गरे ।

    “हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं,” अध्यक्ष प्रचण्डले राइनासको तीनपिप्लेमा आयोजित कार्यक्रममा भने ।

    अध्यक्ष दाहालका अनुसार, अभियानका क्रममा कांग्रेस वा एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत स्वागत र सहयोग गर्ने परम्परा देखिएको छ ।

    “ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन् । यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ,” प्रचण्डले स्पष्ट पारे ।

    राइनासमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो भने अभियानका सहभागीहरूले यसलाई जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र सहानुभूतिको महाअभियानका रूपमा व्याख्या गरेका छन् ।

    Pushpakamal Dahal Prachanda 22p .jpg


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२११:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार