लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ भ्रमणका क्रममा हालै भोर्लेटारमा मर्निङ वाक गरेका थिए ।
यसै क्रममा अध्यक्ष दाहालले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए । सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।
त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेका थिए । विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।
अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दाको सहभागिता हुनुका साथै ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन ।

