२०८३, कार्तिक १५ गते आइतबार

पुष्पलाल लोकमार्ग अभियान पोखराबाट पुनः शुरु

पुष्पलाल लोकमार्ग अभियान पोखराबाट पुनः शुरु


  • मेरोभ्यूज
  • भाद्र २२, २०८२ आइतबार

  • Pushpakamal Dahal Prachanda 21f .jpg

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः शुरु गरेको छ ।

    जेठ २ गते बैतडीको पाटनबाट शुरु भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो । आज (भदौ २१ गते) दिउँसो ३ बजे रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरिएको हो ।

    शिक्षक समेत रहेका शहीद खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए ।

    उनका सन्तानमध्ये छोरी शर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन् । माल्यार्पण कार्यक्रममा शहीद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष प्रचण्डसँगै सहभागी भएका थिए ।

    जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए ।

    साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान शुरु गर्ने निर्णय भएको थियो ।

    अध्यक्ष प्रचण्डले जनयुद्धलाई महान् क्रान्ति भन्दै शहीदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताए ।

    उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न खोजे पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्र त्यो कार्य सम्पन्न गर्न सफल भएको स्मरण गरे ।

    सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको उल्लेख गरे ।

    Pushpakamal Dahal Prachanda 21d .jpg


    प्रकाशित : आइतबार, भाद्र २२ २०८२०९:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार