२०८३, कार्तिक १५ गते आइतबार

जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रम मन्त्री भण्डारीको प्रतिवद्धता

जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रम मन्त्री भण्डारीको प्रतिवद्धता


  • मेरोभ्यूज
  • भाद्र २२, २०८२ आइतबार

  • जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रम मन्त्री भण्डारीको प्रतिवद्धता

     

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनै पनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहोर्‍याएका छन् ।

    काठमाडौंमा हालै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम आप्रवासन नीतिमा समेत जलवायु परिवर्तनको विषय समेटिएकोले जानकारी दिएका थिए ।

    मन्त्री भण्डारीले नेपाल सरकारले जलवायु परिवर्तनलाई प्राथमिकताका साथ हेरेको स्मरण गर्दै सगरमाथा संवाद र २५ बुँदे घोषणापत्रलाई उदाहरणको रुपमा प्रस्तुत गरे ।

    नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान हुँदा हुँदै पनि अन्य मुलुककै कारण नेपालले यसको नकारात्मक प्रभाव भोग्नु परेको औल्याए ।

    जलवायु परिवर्तनकै कारण नेपालीले बसाइसराई गर्नु परेको तथ्याङ्क न्यून भए पनि नेपालले जलबायु परिवर्तनले ल्याउन सक्नु चुनौतिको सामना गर्न आवश्यक वातावरणीय र पूर्वाधार विकासमा केन्द्रित हुनु पर्ने धारणा राखे ।

    सामाजिक र आर्थिक अवसरको खोजीमा नेपाली ऐतिहासिक कालदेखि देश भित्रै वा विदेश गएको स्मरण गर्दै नेपाली पलायन भए वा मुलुक नै नरित्तिएको स्पष्ट पारे ।

    वैदेशिक रोजगारीमा जाने र फर्किने सङ्ख्याको तथ्याङ्क हेर्दा यस्तो नदेखिएको उल्लेख गरे । वैदेशिक रोजगारीलाई आप्रवासन भयो वा पलायन भन्नु उपयुक्त नहुने भन्दै मुलुकको दीर्घकालीन विकासको लागि नेपालमै सामाजिक र आर्थिक अवसरको खोजी गर्नु पर्नेमा मन्त्री भण्डारीको जोड रहेको थियो।  उनले दक्षिण कोरिया, न्युजिल्यान्ड र आयरल्यान्डको विकास अनुभवलाई उदाहरण दिँदै सरकारले दीर्घकालीन रणनीतिक योजना बनाइरहेको जानकारी दिए । 

    कोभिड–१९ महामारीका समयमा ठूलो संख्यामा नेपाली फर्किनु परेको र पछिल्लो अवस्थामा केही मुलुकको आप्रवासी सम्बन्धी नीति परिवर्तनले नेपाली आफ्नै मुलुकमा फर्किनु परेको जानकारी दिए ।

    मुलुक नेपाली आफैंले बनाउनु पर्ने भएकोले विदेशमा सिकेको ज्ञान, पूँजि र सिपलाई आफ्नै मुलुकको आर्थिक विकास तथा रोजगारी सिर्जनामा प्रयोग गर्न सरकारले सकारात्मक वातावरण निर्माण गर्न लागेको जानकारी दिए ।

    रेमिटेन्सले व्यक्तिको र परिवारको जीवनमा सुविधा पुगे पनि राष्ट्रिय अर्थतन्त्रलाई जोखिममा पार्ने भएकोले रेमिटेन्सलाई पूँजी निर्माण र परिचालनमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

    मन्त्री भण्डारीले वैदेशिक रोजगारी प्रक्रियामा ठगी रोक्न डिजिटल प्रविधि प्रयोग भइरहेको जानकारी दिए । उनका अनुसार, श्रम संसार प्रणालीमार्फत करिब १ करोड ९२ लाख श्रमशक्तिलाई सेवामा जोडिनु पर्ने धारणा राख्दै समग्र वैदेशिक रोजगारीका चरणहरुलाई सूचना प्रविधिमा जोडिने प्रक्रिया अघि बढेको बताए ।

    औपचारिक वा अनौपचारिक क्षेत्रका श्रमिक, देशभित्र वा विदेशमा रहेका, महिला वा पुरुष  सबै नेपाली संविधान प्रदत्त अधिकारका हकदार भएको बताउँदै यस्तो भेदभाव नहुनको लागि आफू प्रयत्‍नशील रहेको बनाउँदै कानूनमा समेत परिवर्तन गर्न लागेको जानकारी दिए ।

    उनले नागरिकलाई एकीकृत सेवा उपलब्ध गराउन स्थानीय तह र प्रदेशमा रहेको श्रम तथा रोजगार कार्यालयलाई प्रादेशिक संरचनामा रुपान्तरित हुन लागेको बताए ।

    सम्बोधनको अन्त्यमा मन्त्री भण्डारीले जलवायुका कारण कुनै पनि व्यक्ति वा परिवार विस्थापित हुन नहुन र विस्थापित भए पनि राज्यले सेवा र सुविधा उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याए ।

    उनले भने, “प्रतिवद्धता भनेको पूरा गर्नु पर्ने विषय हो, अधुरो छोड्न मिल्दैन ।”  आफूले प्रधानमन्त्रीको निर्देशनअनुसार सबै नेपालीलाई महशुस गर्ने गरी कार्यको थालनी गरिसकेको बताउँदै लिभ नो वन विहाइन्डको रणनीतिलाई अवलम्वन गरिरहेको प्रष्ट पारे ।   

    कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर, पूर्वमन्त्री तथा संविधानसभा सदस्य डा. गंगाधर तुलाधर, अन्तरराष्ट्रिय आप्रवासन संगठनकी प्रमुख हेलेन फोर्ससहितका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।


    प्रकाशित : आइतबार, भाद्र २२ २०८२०८:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार