२०८३, कार्तिक १५ गते आइतबार

व्यवहारिक शिक्षा बिना राष्ट्रको रुपान्तरण सम्भव छैन : सांसद थापा

व्यवहारिक शिक्षा बिना राष्ट्रको रुपान्तरण सम्भव छैन : सांसद थापा


  • मेरोभ्यूज
  • भाद्र १४, २०८२ शनिबार

  • व्यवहारिक शिक्षा बिना राष्ट्रको रुपान्तरण सम्भव छैन : सांसद थापा

     

    भक्तपुर । गुणस्तरीय र व्यवहारिक शिक्षा बिना राष्ट्रको रुपान्तरण सम्भव नहुने सांसद दुर्लभ थापाले बताएको छ ।

    मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले शिक्षा नै समाजलाई रुपान्तरण गर्ने सबभन्दा प्रभावकारी साधन भएको उल्लेख गरे ।

    “हाम्रो देशलाई अघि बढाउन दक्ष, अनुशासित र जिम्मेवार युवाको खाँचो छ,” सांसद थापाले भने, “विद्यालयहरूले विद्यार्थीलाई केवल पाठ्यपुस्तककै ज्ञान नभइ जीवनोपयोगी सिप र राम्रो आचरण सिकाउनुपर्छ ।”

    उनले विद्यालयले स्थानीयस्तरमै समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण बनाउन सुझाव दिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रविक्रम प्रजापतिले ३७ वर्षयता विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै समयअनुकूल अझ प्रभावकारी शैक्षिक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

    सो अवसरमा विद्यालयले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीलाई सम्मान गरिएका थिए ।


    प्रकाशित : शनिबार, भाद्र १४ २०८२१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार