२०८३, कार्तिक १५ गते आइतबार

नौ सय घरमा खानेपानी सुविधा

नौ सय घरमा खानेपानी सुविधा


  • मेरोभ्यूज
  • भाद्र १३, २०८२ शुक्रबार

  • नौ सय घरमा खानेपानी सुविधा

     

    म्याग्दी । जिल्लाका नौ सयभन्दा बढी घरमा 'एक घर, एक धारा' सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

    खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो ।

    एक हजार दुई सय ८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।

    आयोजनामार्फत तीन हजार एक सय १९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।

    प्रदेश सरकारका ३६ वटा योजनाका लागि रु. छ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएकोमा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा रु. छ करोड ७० लाख ९५ हजार खर्च भएको छ ।

    सङ्घीय सरकारका पाँचवटा योजनाका लागि रु. ५१ लाख बजेट प्राप्त भएकोमा तीनवटा योजना कार्यान्वयन र रु. ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले जानकारी दिए ।

    यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह-खर्कमा एक घर, घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ ।

    घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घर-घरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए ।


    प्रकाशित : शुक्रबार, भाद्र १३ २०८२०९:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार