२०८३, कार्तिक १५ गते आइतबार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’


  • मेरोभ्यूज
  • श्रावण १७, २०८२ शनिबार

  • स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’

     

    खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ ।

    गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।

    नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्नेगरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् ।

    गाउँभन्दा करिब आठ सय मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।

    खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताइन ।

    उनले भनिन, “दूषित पानी उपभोगले स्थानीयलाई विभिन्न प्रकारका रोगहरुसमेत लाग्ने गरेको थियो । अब कम्तिमा पनि वीस वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।”

    यहाँस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ ।


    प्रकाशित : शनिबार, श्रावण १७ २०८२०७:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार