२०८३, कार्तिक १५ गते आइतबार

पार्टी र नेतृत्व विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्ने हुन्छ : अध्यक्ष प्रचण्ड

पार्टी र नेतृत्व विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्ने हुन्छ : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  •  

    Pushpakamal Dahal Prachanda 10e .jpg। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेतृत्व विरुद्ध भइरहेका योजनाबद्ध षडयन्त्रहरूलाई परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन ।

    गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि भएका षडयन्त्रहरूझैँ अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरु भएको जानकारी गराए ।

    “पार्टीलाई फेरि एक पटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ,” अध्यक्ष प्रचण्डले भने, “त्यसबाट केही साथीहरू भ्रमित भएका छन । प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलन विरुद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ ।”

    अध्यक्ष प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकार जनमुखी कार्यक्रमहरूमार्फत लोकप्रिय बन्दै गएको समयमा दलाल, बिचौलिया, माफिया र नोकरशाहहरूले मिलेर षडयन्त्रपूर्वक सरकारबाट बाहिर धकेलेको र सरकारबाट बाहिरिएपछि पनि षडयन्त्र जारी रहेको बताए ।

    “हामीले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिको मार्गमा सरकार अगाडि बढाइरहेका थियौँ । देशको प्रतिष्ठा बढ्दै थियो, जनविश्वास पार्टीप्रति बढ्दै थियो, त्यसैले हामीलाई हटाइयो । सरकारबाट बाहिरिए पनि पार्टी र नेतृत्व विरुद्धको षडयन्त्र अहिले पनि जारी छ,” अध्यक्ष दाहालले भने ।

    सरकारबाट बाहिरिएपछि पनि माओवादी केन्द्र चुप नबसी सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेका कारण माओवादी विरुद्ध पनि आफू नेतृत्वको सरकार विरुद्धजस्तै षडयन्त्र भइरहेको उनले बताए ।

    चैत १५ गतेको विशाल जनसभालगायत विभिन्न खबरदारी कार्यक्रमहरूमार्फत जनमत निर्माण भएको देखेपछि प्रतिक्रियावादीहरू झन् आतङ्कित भइ माओवादी केन्द्र र नेतृत्व विरुद्ध षडयन्त्र गरिरहेको उनको भनाइ थियो ।

    हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा डेढ करोड जनताको प्रत्यक्ष सहभागिता र संवाद भएको जनाउँदै उनले भने, “यस्ता कार्यक्रमहरूले राष्ट्रियस्तरमा पार्टीप्रति माहोल बनाएको थियो, जसले पुरानै शक्तिलाई फेरि सक्रिय भएर षडयन्त्रमा लाग्ने अवस्था बनायो ।”

    प्रचण्डले पार्टी अब फेरि एक्लै चुनावमा जाने तयारीमा रहेको स्पष्ट पारे ।

    “हामीले एक्लै लड्दा चुनाव जितेका छौँ,” उनले भने, “अब ८४ सालमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ । कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको छ।”

    अध्यक्ष प्रचण्डले नेतृत्व विरुद्ध भइरहेको ‘संगठित घेरा’लाई तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रहसमेत गरे ।

    Pushpakamal Dahal Prachanda 13b .jpg


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२१०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार