२०८३, कार्तिक १५ गते आइतबार

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • Pushpakamal Dahal Prachanda 10d .jpg

    काठमाडौं । विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ ।

    नेकपा (विप्लव) निकट संगठन नेकपा (माओवादी केन्द्र)को गुल्मी-काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

    उनीहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनमा समाहित भएका नेताकार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेको छ ।

    नेकपा (विप्लव)को सम्पर्क समितिसहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशवराज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवीप्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटालगायत रहेको छ ।

    Pushpakamal Dahal Prachanda 10c .jpg


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२१०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार