२०८३, कार्तिक १५ गते आइतबार

एक करोडभन्दा बढीको माछा कारोबार

एक करोडभन्दा बढीको माछा कारोबार


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • एक करोडभन्दा बढीको माछा कारोबार

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछापालन गरी वार्षिक रु. एक करोडभन्दा बढीको कारोबार गरिरहेको छ ।

    भारतको आन्ध्र प्रदेशबाट माछापालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै उनले माछापालन गरेर गाउँमै उदाहरण पेस गरेको छ ।

    सोह्र बिघा जग्गामा वीस वटा पोखरी बनाएर व्यावसायिक माछापालन गरिरहेको ४८ वर्षीय यादवले बैखी कार्प माछा पालन गरेको छ ।

    पोखरीमा रहेका माछालाई चरालगायत कुनै पनि चिजले खान नपाउन् भनेर जाल जाली लगाइएको छ ।

    वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य बोकेर एकवा रिसर्च प्रा.लि. र अरुण एकीकृत कृषि फर्म दर्ता गरेर आफूले व्यावसायिक माछापालन गरेको र यसबाट वार्षिक रु. एक करोडभन्दा बढी कारोबार गरी राम्रो आम्दानी गरिरहेको बताए ।

    पछिल्लो समय भारतबाट अवैध रूपमा माछा ल्याएर भारतीय व्यापारीले सीमा क्षेत्रमा प्रतिकिलो रु. एक सय ५० का दरले बिक्री गर्न थालेपछि भने समस्या भएको उनको भनाइ छ । यस वर्ष माछा उत्पादनसँगै बजारीकरणमा कुनै समस्या नभए लक्ष्यअनुसार नै कारोबार हुने यादवको अपेक्षा छ ।

    माछापालन व्यवसाय सुरु गर्नुअघि उनले भैँसीपालन गरिरहेको थियो । उनीसँग ४० वटा भैँसी रहेका थिए । आफू किसानको छोरा भएकाले वैदेशिक रोजगारमा गएर मेहनत गर्नुभन्दा आफ्नै देशमा कृषि कर्म गरेर खानु राम्रो हुने भनेर यसैमा रमाइरहेको बताउने यादव पछिल्लो समय भने माछापालनमा जुटेको बताए ।

    प्रतापपुर गाउँपालिका–१ का वडाध्यक्ष महेन्द्रबहादुर थारू चौधरीले वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यावसायिक काम गर्नु सराहनीय भएको बताए ।

    पालिकाले पनि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि पहल गरे पनि धेरैले चासो नदिने गरेको उनले सुनाए ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण चौधरीले जिल्लामा नौ कट्ठाभन्दा बढी जग्गामा एक सय ४४ जनाले व्यावसायिकरूपमा माछापालन गरिरहेका जानकारी दिए ।

    माछापालनमा राम्रो सम्भावना भएकाले यसतर्फ व्यावसायिक किसानहरूको आकर्षण बढिरहेको उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२११:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार