२०८३, कार्तिक १५ गते आइतबार

सेकुङ र भुतर्छो तालमा माछाका भुरा छाडियो

सेकुङ र भुतर्छो तालमा माछाका भुरा छाडियो


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • सेकुङ र भुतर्छो तालमा माछाका भुरा छाडियो

    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल र भुतर्छो तालमा दस हजार माछाका भुरा छाडिएका छन् ।

    मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी)ले हालै यहाँका दुर्व तालमा कमन कार्प जातका माछाका भुरा छाडिएका हुन् ।

    पूर्वसांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले माछाका भुरा छाडेका सिएमसीका सदस्य मनप्रसाद गौचनले जानकारी दिए ।

    समुन्द्री सतहदेखि करिब तीन हजार उचाइमा अवस्थित सेकुङ र भुतर्छो तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको वडा सिएमसी सदस्य गोविन्द शेरचनले जानकारी दिए ।

    राष्ट्रिय गौरवको बेनी-जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालोबाट सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिने यी ताल धार्मिक तथा सांस्कृतिक महत्व भएर पनि ओझेलमा छन् ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२१०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार