२०८३, कार्तिक १५ गते आइतबार

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’


  • मेरोभ्यूज
  • आषाढ २६, २०८२ बिहीबार

  • Chief Justice Ktm 26a .jpg

    काठमाडौं । साल्टट्रेडिङ कर्पोरेसनका संस्थापक स्व. हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान-२०८०’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ ।

    नेपाल जन-प्रशासन सङ्घ र कर्पोरेशनले संयुक्तरुपमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गरेको हो ।

    न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगादनस्वरुप श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ ।

    उक्त पुरस्कारको राशि रु. दुई लाख र सम्मान-पत्र रहेको छ ।

    कानून र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औँ प्रधानन्यायाधीश बनेका थिए ।

    Chief Justice Ktm 26b .jpg

    सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरुप उनलाई यो सम्मान प्रदान गरिएको हो ।

    लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उनको नाम सिफारिस गरेका थिए ।

    सो अवसरमा प्रधानन्यायाधीश राउतले श्रेष्ठ नेपालको सिङ्गो न्यायिक इतिहासलाई प्रतिविम्बित गर्ने सामर्थ्य राख्ने व्यक्तित्वका रुपमा रहेको बताए ।

    “विधिको शासन, न्यायिक अक्षुणता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारका क्षेत्रमा श्रेष्ठले दिएको योगदान स्मरणीय छ”, उनले भने ।

    पुरस्कृत व्यक्तित्व श्रेष्ठले राज्यका विभिन्न अङ्ग, निकाय र तहले जवाफदेही ढङ्गबाट सेवा प्रवाह गर्न नसक्दा मुलुकमा सुशासन कायम गर्न कठिन भइरहेको जनाउँदै त्यसतर्फ सरोकारवालाको ध्यान पुग्नुपर्ने बताए ।

    पुरस्कार छनोट समितिका संयोजक मैनालीले संस्थागत नेतृत्व क्षमता, दृढता, बौद्धिकता र विवेकको उच्च मूल्याङ्कन गर्दै उनलाई पुरस्कारका लागि सिफारिस गरिएको बताए ।

    कर्पोरेशनसका अध्यक्ष प्रदीपलाल श्रेष्ठले दैनिक उपभोग्य वस्तुको सहज र सरल आपूर्तिमा संस्थाले काम गर्दै आइरहेको जानकारी दिए ।

    ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिएको योगदनाको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो ।

    सङ्घले सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई बर्सेनी हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ ।

    सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशङ्कर लाल दास र डा. भेषबहादुर थापा सम्मानित भइसकेका छन ।

    Chief Justice Ktm 26c .jpg


    प्रकाशित : बिहीबार , आषाढ २६ २०८२११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार