२०८३, कार्तिक १५ गते आइतबार

बाख्रा उपहार पाएपछि महिला खुसी

बाख्रा उपहार पाएपछि महिला खुसी


  • मेरोभ्यूज
  • आषाढ २४, २०८२ मंगलबार

  • बाख्रा उपहार पाएपछि महिला खुसी

    बागलुङ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो ।

    गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ । दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो ।

    गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ । यसै साता मात्र काठेखोला–७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुशेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।

    स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ । पछिल्लो समय गाउँमा बसाइँ-सराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको छ ।

    उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहजरूपमा चलेको छ ।

    उनले भने, “गाउँपालिका र हेफर संस्थाले हाम्रा लागि निकै राम्रो काम गर्यो, पहिले बाख्रापालन गर्ने चलन कम थियो, अहिले गाउँमा धेरैले बाख्रा पाल्न थालेका छन्, प्रत्येक घरमा एक-दुईवटा बाख्रा देखिन्छन्, अप्ठ्यारो परेका बेला एउटा बाख्राको पाठो बेचेर भए पनि गर्जो टर्छ, पहिले रु. दुई-चार हजार आवश्यक पर्दा ऋण गर्नुपर्थ्यो, अहिले एउटा पाठो बेचे आउँछ ।”

    काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासुको आपूर्ति हुँदै आएको छ । वडा नम्बर ४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका बिक्री गर्दै आएका छन् ।

    बिहुँ, लेखानी, रेश, तङ्ग्रामलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन् । यद्यपि उचित मूल्य नपाएको गुनासो भने किसानले गर्दै आएका छन् ।

    काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँ-सराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकोमा हालसम्म दुई सय ४० मात्र वितरण गरिएको जनाइएको छ ।


    प्रकाशित : मंगलबार, आषाढ २४ २०८२१०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार