२०८३, कार्तिक १५ गते आइतबार

प्रचण्डको भूमिकाले दैलेख ग्यास अन्वेषण परियोजना जीवन्त बन्दै

प्रचण्डको भूमिकाले दैलेख ग्यास अन्वेषण परियोजना जीवन्त बन्दै


  • मेरोभ्यूज
  • आषाढ ७, २०८२ शनिबार

  • प्रचण्डको भूमिकाले दैलेख ग्यास अन्वेषण परियोजना जीवन्त बन्दै

    काठमाडौं । नेपालमा सम्भावित ऊर्जा क्रान्तिको ढोका खोल्न सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रिय भूमिकाले स्थगित परियोजनालाई पुनः गतिको बाटोमा ल्याएको छ ।

    तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एंव माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिकरुपमा १६ असार २०७६ मा उद्घाटन गरेका थिए ।

    त्यसपछि खानी तथा भू-गर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो ।

    दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायतका काम सम्पन गरेपछि कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चीन फर्किएको थियो ।

    सन् २०२२ सम्म अन्वेषणको काम सक्ने गरी सम्झौता गरिएको भए पनि कोरोना महामारीका कारण हुन सकेन । त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो तर त्यसबीचमा पनि अन्वेषणको काम हुन सकेको थिएन ।

    स्थगित अवस्थामा रहेको सो अन्वेषण कार्यलाई अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रुपमा २०८० जेठ (जुन १४, २०२३) मा दैलेखको जलजलेस्थित ग्यास स्रोत स्थलको निरीक्षण गरेपछि पुनः गति दिइयो । सो अवसरमा उनले ग्यास अन्वेषण, अनुसन्धान तथा प्राविधिक प्रक्रियाको स्थलगत अवलोकन गरेका थिए ।

    अध्यक्ष प्रचण्ड दैलेखबाट काठमाडौं फर्किएपछि चिनियाँ पक्षसँग उच्चस्तरीय संवाद गरी अन्वेषणको कामलाई तीव्रताका साथ अघि बढाउने वातावरण बनाएको हो । सोही अनुसार २०८१ वैशाख २३ गते ९ मे ५, २०२४ प्रचण्डको निर्देशन बमोजिम उनको नेतृत्वको सरकारका उद्योगमन्त्री दामोदर भण्डारीले ड्रिलिङ कार्यको पुनः उद्घाटन गरेका थिए । त्यसपछि यो योजनालाई अन्तिम चरणतर्फ अघि बढाइएको हो ।

    त्यस्तै, २०८२, जेठ ४ गते (जुन ४, २०२५)मा पनि अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा पुनः उक्त स्थलको भ्रमण गरेका थिए । निरीक्षणपश्चात उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै, ड्रिलिङ क्रममा आएको ग्यासको नमूना खानी तथा भू-गर्भ विभागले परीक्षणका लागि चीन पठाएको र उक्त स्रोत व्यावसायिकरूपमा उपयोग गर्न मिल्ने कि नमिल्ने भन्ने नतिजा कुरिनुपर्ने बारे आफूले विस्तृतरूपमा बुझ्ने दैलेखमा आयोजित पत्रकार सम्मेलनमा बताएको थियो ।

    पछिल्लो अद्यावधिक अनुसार, चिनियाँ प्रयोगशालाको प्रारम्भिक परीक्षण अनुसार दैलेखमा करिब एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास फेला परेको औपचारिक जानकारी खानी तथा भू-गर्भ विभागले सार्वजनिक गरेको छ ।

    यद्यपि यो प्रारम्भिक अनुमान मात्र हो । यदि नमूनाको परीक्षण रिपोर्टले स्रोत व्यावसायिक उत्खनन् योग्य देखायो भने, यो ग्यासले नेपालको ऊर्जा सुरक्षामा ऐतिहासिक योगदान दिन सक्ने अनुमान गरिएको छ ।


    प्रकाशित : शनिबार, आषाढ ७ २०८२०७:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार