२०८३, कार्तिक १५ गते आइतबार

स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश

स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • आषाढ ७, २०८२ शनिबार

  • स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश

    चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरतप्रसाद साह हालै औपचारिकरूपमा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको छ । उनलाई चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेको हो ।

    बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं)का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भइ विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।

    वि.सं. २०५४ देखि २०५९ सम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए । शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उनको उल्लेखनीय योगदान रहँदै आएको छ ।

    राजनीतिकरूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले)को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील हुन । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।

    पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेको थिए । साहको आगमनसँगै माओवादी केन्द्रले बारालगायत मधेसमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।


    प्रकाशित : शनिबार, आषाढ ७ २०८२०७:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार