जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्विस आर्थिक मामिला सचिवालय अन्तर्गत श्रम निर्देशनालयका प्रमुख जेरोम कोसाण्डेसँग नेपाल र स्विस सरकारबीच द्धिपक्षीय सहकार्य र सहयोगको बारेमा गहन छलफल गरेका छन ।
साइडलाइन भेटवार्ता र छलफल गर्दै मन्त्री भण्डारीले स्विस सरकारले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै यस सहकार्यलाई अझै बढाएर लैजानु पर्नेमा जोड दिए ।
उक्त अवसरमा मन्त्री भण्डारीले स्विस आर्थिक मामिला सचिवालयअन्तर्गत श्रम निर्देशनालयका प्रमुख जेरोम कोसाण्डेलाई मिथिला पेन्टिंग मायाको चिनो प्रदान गरे ।

