२०८३, कार्तिक १५ गते आइतबार

दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार तीन सय ८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार एक सय ६० महिला र एक हजार दुई सय २८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार एक सय ८१ रहेको छ ।

    सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए ।

    उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी एक सय १७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा पाच सय वीस पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

    कात्तिकमा तीन सय १६, मङसिरमा तीन सय ८९, पुसमा चार सय ३२, माघमा दुई सय ७१, फागुनमा चार सय ६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ ।

    आ.व. २०८०/८१ मा निकुञ्जमा चार हजार पाच सय ७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार सात सय ७० महिला र दुई हजार आठ सय चार पुरुष पर्यटक रहेका थिए ।

    आन्तरिक पर्यटक चार हजार दुई सय ९४, सार्क मुलुकका पर्यटक एक सय ३७ र विदेशी पर्यटक एक सय ४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । वि.सं. २०३१ मा स्थापना भएको निकुञ्ज तीन सय पाच वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।

    दुर्लभ वन्यजन्तु, पंक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ ।

    नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठूलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ ।

    निकुञ्जमा जङ्गली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।

    निकुञ्जभित्र रहेका रानी ताललगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी चार सय ४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतली पाइन्छन् ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार