२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष ‘प्रचण्ड’- भेटघाट

अध्यक्ष ‘प्रचण्ड’- भेटघाट


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • अध्यक्ष ‘प्रचण्ड’- भेटघाट

    दैलेख । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनजागरण अभियानअन्तर्गत दैलेख सदरमुकाममा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गरेका सहिद कविराज शर्माको घर पुगेर उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग भेटघाट गरेका थिए ।

    आमा पवित्रा शर्माले जनयुद्धमा श्रीमानसँगै आफ्नो छोरा नारायण शर्मा र छोरी सीता शर्मा (सफलता)लाई गुमाउनु परेको पीडा र त्यसपछिका आरोह अवरोहका अनुभव अध्यक्षसँग साटिन । उनका अर्का ज्वाइँ लक्ष्मी अधिकारी अझै पनि बेपत्ता अवस्थामा छन ।

    हाल आमा पवित्रा शर्मा छोरी हरिमाया शर्मासँग दैलेखको नारायण नगरपालिका–७ मा बसोबास गर्छिन ।

    जनयुद्धमा परिवारका सदस्यहरूको अमूल्य बलिदान र क्रान्तिका लागि गरेको त्याग सम्झदा अध्यक्ष प्रचण्ड भावुक बने । उनले सहिद र बेपत्ता योद्धाको त्याग र बलिदानको जगमा प्राप्त उपलब्धिमा टेकेर समाजबाद निर्माणको बाटोमा अघि बढनु पर्ने बताए ।


    प्रकाशित : शनिबार, जेठ १० २०८२०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार