२०८३, कार्तिक १५ गते आइतबार

सेवा प्रवाह राष्ट्र सेवकको उच्च प्राथमिकतामा हुनुपर्छः नेत्री शर्मा

सेवा प्रवाह राष्ट्र सेवकको उच्च प्राथमिकतामा हुनुपर्छः नेत्री शर्मा


  • मेरोभ्यूज
  • जेठ २, २०८२ शुक्रबार

  • सेवा प्रवाह राष्ट्र सेवकको उच्च प्राथमिकतामा हुनुपर्छः नेत्री शर्मा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले राष्ट्र सेवक कर्मचारीले सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताइन ।

    नेपाल राष्ट्रिय कर्मचारी  संगठन, संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै उनले जनताको मन जित्ने गरी काम गर्न सुझाव दिइन ।

    “संगठनमा आबद्ध सम्पूर्ण कर्मचारीले आ-आफ्नो स्थानबाट उत्कृष्ट कार्य सम्पादन गरेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ”, उनले भनिन ।

    नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा प्रवाहमा सहजीकरणसँगै कर्मचारीको हकहितलाई पनि संघ/संगठनले उचित महत्व दिँदै आएको बताए ।

    संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीलगायतले राष्ट्र सेवकलाई प्रोत्साहित हुने नीति तथा योजना ल्याउन सरकारलाई सुझाव दिए ।


    प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार