बैतडी , पाटन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्गको अभियान बैतडी, पाटनबाट औपचारिकरूपमा सुरू गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी र नेपालको झण्डा सुदुरपश्चिम प्रदेश पार्टी अध्यक्ष हरि चौधरी 'उत्सव'लाई हस्तान्तरण गरी अभियानको उद्घाटन गरेका थिए ।
यस अघि अभियानप्रति एक्यबद्वता जनाउँदै बैतडी, पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको अनावरण गरेका थिए ।

