२०८३, कार्तिक १५ गते आइतबार

विशाल जनसभा - अध्यक्ष दाहाल

विशाल जनसभा - अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • बैशाख ३१, २०८२ बुधबार

  • विशाल जनसभा - अध्यक्ष दाहाल

    पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

    सभामा बोल्दै अध्यक्ष प्रचण्डले  देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उनले उल्लेख गरे ।

    भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभइ जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले उल्लेख गर्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्व सञ्चार भएको उनले स्पष्ट पारे ।

    “मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरवात पाँचथरमा रहेको छ ,” अध्यक्ष प्रचण्डले भने, “यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्गजस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं।”

    उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरुले सरकार ढालेको उल्लेख गर्दै  भने, “बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका विचौलिया दलालहरुको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।”

    अध्यक्ष प्रचण्डले संविधान मिचेर सरकार ढालेको बताउँदै भने, “हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरूजस्तै देखियौं । अब भने हामी मिल्ने छैनौं । हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं ।”

    स्थानीय तह, स्ववियू निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए ।


    प्रकाशित : बुधबार, बैशाख ३१ २०८२०८:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार