२०८३, कार्तिक १५ गते आइतबार

रामपुरको ताल पोखरा

रामपुरको ताल पोखरा


  • मेरोभ्यूज
  • बैशाख २२, २०८२ सोमबार

  • रामपुरको ताल पोखरा

    पाल्पा । गर्मीयाम बढेसँगै ताल पोखरामा पर्यटकको चहल-पहल बढ्न थालेको छ ।

    रामपुर नगरपालिका–६ स्थित ताल पोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ ।

    ताल पोखरामा डुङ्गा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन् ।

    रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले ताल पोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो ।

    विदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको ताल पोखरा संरक्षण समिति सदस्य जनक भण्डारीले बताए ।

    सडक सुविधाको पहुँच भएपछि ताल पोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ । तालमा पाँच वटा डुङ्गा रहेको डुङ्गा चालक भगवान देवकोटाले जानकारी दिए ।

    ताल परिसरको आरामस्थल चिटिक्क पारिएको छ । हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ ।

    वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ ।

    नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तस्थलको रूपमा सुचीकृत गरी पर्यटन विकासमा सघाएको छ ।


    प्रकाशित : सोमबार, बैशाख २२ २०८२१०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार