२०८३, कार्तिक १५ गते आइतबार

शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक


  • मेरोभ्यूज
  • बैशाख २१, २०८२ आइतबार

  • शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक

    सङ्खुवासभा । यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका दस वटै स्थानीय तहमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।

    भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् ।

    यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेको बिक्रेताले जनाएका छन् ।

    सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताए । सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उनको भनाइ छ ।

    भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका छन् ।

    सङ्खुवासभामा प्रति कक्षा दुई हजार पाच सयका दरले पुस्तक आवश्यक पर्दछ ।

    सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ ।


    प्रकाशित : आइतबार, बैशाख २१ २०८२११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार