२०८३, कार्तिक १५ गते आइतबार

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौं : अध्यक्ष प्रचण्ड

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौं : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • बैशाख २०, २०८२ शनिबार

  • पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौं : अध्यक्ष प्रचण्ड

    Pushpa Kamal Dahal Prachanda Ktm 20c .jpgPushpa Kamal Dahal Prachanda Ktm 20d .jpgकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्प जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन ।

    तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उनले संसदमा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताए ।

    “वि.सं. २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौं, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौं । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौं”, अध्यक्ष दाहालले भने ।

    ‘माओवादीकै नेतृत्वमा भ्रष्टाचार विरुद्धको क्रान्ति’ यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

    “सामाजिक न्याय, आर्थिक पछौटेपन विरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तरराष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको सङ्कल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ”, अध्यक्ष दाहाल जानकारी दिए ।



    प्रकाशित : शनिबार, बैशाख २० २०८२१०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार