२०८३, कार्तिक १५ गते आइतबार

मातातीर्थमा दर्शन गर्ने भक्तजनको घुइँचो

मातातीर्थमा दर्शन गर्ने भक्तजनको घुइँचो


  • मेरोभ्यूज
  • बैशाख १४, २०८२ आइतबार

  • मातातीर्थमा दर्शन गर्ने भक्तजनको घुइँचो

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आइतबार बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

    प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

    मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरूपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

    मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनले बताए ।

    आज मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वका रूपमा देशभर आमालाई मीठा/मीठा खानेकुरा खान दिइ श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

    शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने गरिएको अध्यक्ष उदासले बताए ।

    छोराछोरी आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा/राम्रा लुगा दिने, मीठा/मीठा, तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन छ ।

    आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले नगरभित्र सार्वजनिक बिदासमेत दिएका छन् ।


    प्रकाशित : आइतबार, बैशाख १४ २०८२१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार