२०८३, कार्तिक १५ गते आइतबार

पत्रकार सम्मेलन

पत्रकार सम्मेलन


  • मेरोभ्यूज
  • बैशाख ११, २०८२ बिहीबार

  • पत्रकार सम्मेलन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटले समसामयिक विषयवस्तु र वर्तमान परिस्थितिबारे पार्टीको धारणा प्रस्तुत राख्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    पार्टी प्रवक्ता सापकोटले वर्तमान सरकार प्राविधिकरुपमा त अस्तित्वमा छ, राजनीतिकरुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।

    वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन पार्टी प्रवक्ता सापकोट जानकारी दिए ।

    वर्तमान दुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ उनले भने ।

    पार्टी प्रवक्ता सापकोटले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको तथा सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्र हित विपरीत छन् उपाध्यक्ष सापकोटाले धारणा राखे ।

    अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं पत्रकार सम्मेलनमार्फत उपाध्यक्ष सापकोटाले जानकारी गराए ।

    यसैगरी, आन्दोलनरत लघुवित्त पीडितहरु, सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं उनले भने ।

    हाम्रो पार्टीले गत फागुनको १२ गतेदेखि देशको सबैभन्दा होचो भाग झापाको कचनाकवलबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको छ । यो अभियान कञ्चनपुर पुगेर समापन हुनेछ । हालसम्मको अभियानमा एक करोडको हाराहारी जनतासँग संवाद भएको छ । यस खालको अभियान इतिहासमा पहिलो भएको अभियानलाई नजिकबाट हेरिरहेकाहरूको निष्कर्ष छ उपध्यक्ष सापकोले भने ।

    अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तरसंवाद, अन्तरक्रिया, कोणसभा, जनसभालगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्वरूपमा सफल भएका छन् उपाध्यक्ष सापकोटाले भने ।

    उपाध्यक्ष सापकोटाले भने परामर्श बैठकपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार सञ्चालित अभियानको नेतृत्व पदाधिकारीको टिमसहित अध्यक्ष प्रचण्डले गरेका छन् ।

    अभियानका क्रममाः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका महत्वपूर्ण विषयहरुमा गहन अध्ययन, अनुसन्धान, अन्वेषण गरिएको छ । किताबी दर्शन र जीवन दर्शनको बेजोड संयोजनले अभियान निकै प्रभावकारी भइरहेको छ प्रवक्ता सापकोटाले जानकारी दिए ।

    Pushpa Kamal Dahal Prachanda Ktm 11bb .jpg


    प्रकाशित : बिहीबार , बैशाख ११ २०८२१०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार