२०८३, कार्तिक १५ गते आइतबार

शुभकामना सन्देश

शुभकामना सन्देश


  • मेरोभ्यूज
  • बैशाख ११, २०८२ बिहीबार

  • शुभकामना सन्देश

    आदरणीय जनसमुदाय,

    Pushpa Kamal Dahal Prachanda Ktm 11a .jpg

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो शुभकामना सन्देशमा विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक दिनको अवसरमा न्याय, समानता तथा स्वतन्त्रताका पक्षधर सम्पूर्ण जनसमुदायलाई व्यक्त गरेका छन् ।

    साथै, उनले भने मानव जातिको सुन्दर भविष्य निर्माणका लागि इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्ति तथा आन्दोलनमा बलिदानका कीर्तिमान राखेका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    अध्यक्ष दाहालले शुभकामना दिँदै महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको मार्क्सवादी सिद्धान्तको विकास गरे ।

    अध्यक्ष 'प्रचण्ड'ले धारणा राख्दै पूँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उनले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ ।

    मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ उनले भने ।

    अध्यक्ष 'प्रचण्ड'ले भने सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा वि.सं. २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।

    कम्युनिस्ट आन्दोलनको सुरुवातीसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भइ उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं अध्यक्ष दाहालले जानकारी दिए ।

    अध्यक्ष 'प्रचण्ड'ले भने यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन् ।

    तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रा सामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ उनले भने ।

    अध्यक्ष दाहालले अपील गर्दै परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारीसमेत बनेको छ । त्यसैले, यस ऐतिहासिक अवसरमा म सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक र न्यायप्रेमी जनतासँग इतिहासलाई लेनिनको विचार एवं नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिहरूको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट भई अघि बढ्न आग्रह गरे ।

    Pushpa Kamal Dahal Prachanda Ktm 11aa .jpg


    प्रकाशित : बिहीबार , बैशाख ११ २०८२१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार