नवलपुर । पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई-मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन बैशाख १ गते बाट पुन: सुभारम्भ भएको छ । सोही अनुसार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई-मधेस जागरण अभियान टिमअन्तर्गत नवलपुरको गैडाकोट आइपुगेको छ । अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्डलगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासंग रहने छन् ।

