२०८३, कार्तिक १५ गते आइतबार

बगरमा पतेरा टिप्नेको भीड

बगरमा पतेरा टिप्नेको भीड


  • मेरोभ्यूज
  • चैत्र ३०, २०८१ शनिबार

  • बगरमा पतेरा टिप्नेको भीड

    गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताए ।

    “सिर्दिबास र फिलिम जोड्ने पुल मुनि बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए”, उनले भने, “बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ । बिहान प्रतिकिलो रु. दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो रु. तीन हजारमा कारोबार भयो ।” उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ ।

    उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन् । सो वडाका वडाध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एका/एक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताए ।

    “यसरी मान्छेहरु गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन”, उनले भने । टिप्न जानेहरुले तरकारी हुन्छ रे भनेर सुनाएको उनले बताए ।

    यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको छ । यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाध्यक्ष गुरुङ बताउछ ।

    “पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ । कहाँबाट आयो थाहा भएन”, उनले  भने ।


    प्रकाशित : शनिबार, चैत्र ३० २०८१११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार