२०८३, कार्तिक १५ गते आइतबार

महाशिलाको तरकारी पोखरामा

महाशिलाको तरकारी पोखरामा


  • मेरोभ्यूज
  • चैत्र २७, २०८१ बुधबार

  • महाशिलाको तरकारी पोखरामा

    पर्वत । यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ ।

    पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु. ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म रु. ८५ लाख बाराबरको तरकारी बिक्री भएको बताए ।

    अध्यक्ष भुसालका अनुसार गत कात्तिकमा रु. ३६ लाख १९ हजार, मङ्सिरमा रु. १३ लाख ७८ हजार आठ सय ३५, पुसमा रु. २९ लाख ९७ हजार आठ सय ८० र माघमा रु. १८ लाख १२ हजार एक सय ८५ बाराबरको तरकारी बिक्री भएको हो ।

    महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी उत्पादन हुने गरेको छ ।

    यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । गाउँपालिकासँगको सहकार्यमा यहाँ हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले ग्रामीण महिला उद्यमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    उक्त परियोजनाबाट यहाँका आठ सय ७५ परिवार लाभान्वित भएका छन् । हाल यहाँ एक हजार एक सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ ।

    संस्थाले उत्पादित तरकारी तथा खाद्यान्न बाली घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौँलगायत क्षेत्रमा बिक्री वितरण गर्न सहजीकरण गरिरहको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताए ।

    पालिकाका छ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ ।

    गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो रु. पाँच उपलब्ध गराउँदै आएको छ ।

    पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो रु. २५ का दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।

    स्थानीयलाई व्यावसायिक उत्पादनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पालिकाले अनुदान सहयोग गर्न थालेको अध्यक्ष भुसालले बताए । यसले कृषि पेसातर्फ आकर्षित हुनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।


    प्रकाशित : बुधबार, चैत्र २७ २०८१११:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार