२०८३, कार्तिक १५ गते आइतबार

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला


  • मेरोभ्यूज
  • चैत्र २६, २०८१ मंगलबार

  • बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

    काठमाडौं । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद ‘बिआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ ।

    फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले काठमाडौं, लैनचौरस्थित मल्ल होटलमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवं पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालालगायतले लोकार्पण गरे ।

    बिआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ सरकारले प्रकाशन गरेको श्वेतपत्रलाई फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले अनुवाद गरेर सार्वजनिक गरेको हो ।

    श्वेतपत्रले अन्तर्राष्ट्रिय समुदायलाई बिआरआईको मूल्यका बारेमा राम्रो समझदारी कायम गर्न, उच्चस्तरको सहकार्यमा सहजीकरण गर्न तथा धेरै मुलुक र जनतामा लाभ प्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिएकाे छ ।

    पुस्तकमा विश्व जगतसँग सम्बन्धित चिनियाँ प्रस्ताव, इतिहासको विरात, वास्तविकताको प्रत्युत्तर, भविश्यमुखी, साझा विकास र समृद्धिका सिद्धान्त, अवधारणा, उद्देश्य र दूरदृष्टि, बहुक्षेत्रगत र बहुआयामिक सम्पर्क सञ्जाल प्रवर्द्धन, परियोजनामा आबद्ध मुलकुलाई लाभ, आर्थिक भूमण्डलीकरण, विश्वव्यापी शासन सुधार, मानव सभ्यताको हित प्रवर्द्धनका साथै बिआरआई सहकार्यको आवश्यकतालगायत विषय समेटिएको छ । 

     सो अवसरमा कांग्रेस नेत्री कोइरालाले नेपालका लागि बिआरआई अभूतपूर्व अवसर भएको उल्लेख गर्दै यस परियोजनाले भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।

    नेपालजस्तो भूपरिवेष्टित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार नाकामा पहुँच आवश्यक रहेको औँल्याउँदै काइरालाले बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्ने बताइन् ।

    “बिआरआई परियोजनाको मुख्य लक्ष्य विकास र पारस्परिक लाभ हो, यसले दीगोपनाका साथ भविश्यका लागि आशाको सन्देश दिएको छ, तर नेपालमा यसको कार्यान्वयनबाट अपेक्षित लाभ प्राप्त हुन सकेको छैन, यसको मुख्य कारण बिआरआईप्रतिको गलत बुझाइ हो”, पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनिन् ।

    श्वेतपत्रका बारेमा प्रकाश पार्दै राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार महेन्द्र सुवेदीले बिआरआई अवधारणाले मानवजगतका लागि आधुनिकीकरणको अनुभूति दिलाउन नयाँ मार्ग खुला गरेको र विश्व समुदायको साझा भविश्य निर्माणका लागि गरिएका पहललाई सुनिश्चिता प्रदान गरेको जानकारी दिए ।

    एक दशकमा बिआरआई सहकार्यले सहभागी देशलाई वास्तविक लाभ प्रदान गरेको उल्लेख गर्दै पत्रकार सुवेदीले आर्थिक भूमण्डलीकरणको सुदृढ विकासका साथै विश्वव्यापी विकासका जटिलताको समाधान र विश्वव्यापी शासन प्रणाली सुधार गर्न यसले सहायता प्रदान गरेको जानकारी दिए ।


    प्रकाशित : मंगलबार, चैत्र २६ २०८१११:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार