२०८३, कार्तिक १५ गते आइतबार

राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र- अध्यक्ष नेपाल

राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र- अध्यक्ष नेपाल


  • मेरोभ्यूज
  • चैत्र २६, २०८१ मंगलबार

  • राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र- अध्यक्ष नेपाल

    सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएको छ । पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताए ।

    पूर्वप्रधानमन्त्री नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उनको आरोप थियो ।

    अध्यक्ष नेपालले भने, “कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।” नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान रहेको उल्लेख गर्दै उनले सहिदको योगदानलाई सम्झिन आग्रह गरे । “उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ”, अध्यक्ष नेपालले भने । 


    प्रकाशित : मंगलबार, चैत्र २६ २०८१११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार