२०८३, कार्तिक १७ गते मंगलबार

द हिमाल इन्स्टिच्युटमा अब डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाइने

द हिमाल इन्स्टिच्युटमा अब डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाइने


  • मेरोभ्यूज
  • चैत्र १०, २०८१ आइतबार

  • द हिमाल इन्स्टिच्युटमा अब डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाइने

    वीरगञ्ज । मधेस प्रदेशकै उत्कृष्ट प्राविधिक कलेजमध्ये एक द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स वीरगञ्जले आफ्नो शैक्षिक कार्यक्रमलाई थप विस्तार गर्दै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाउने भएको छ ।

    विगत २१ वर्षदेखि स्वास्थ्य क्षेत्रतर्फ दक्ष जनशक्ति उत्पादन गर्दै आएको यस कलेजले अब ३ वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाउने निर्णय गरेको छ ।

    डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको अवधि तिन वर्षको लागि हुने छ जसको कुल शुल्क मात्र तिन लाख १२ हजार रुपैयाँ हुने संस्थाले जनाएको छ । भर्ना प्रक्रिया आगामी वर्ष २०८२ असार महिनादेखि सुरु हुने छ ।

    कार्यक्रमले विद्यार्थीहरूलाई कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउने लक्ष लिएको संस्थाले जनाएको छ ।

    प्राविधिक शिक्षामा ठुलो टेवा द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स वीरगञ्जकै सबैभन्दा पुरानो कलेजमध्ये एक भएको र प्राविधिक जनशक्ति उत्पादनमा ठूलो योगदान दिँदै आएको छ ।

    अब कम्प्युटर इन्जिनियरिङ कार्यक्रम थपिएपछि विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा आधारित अध्ययन गर्ने अवसर मिल्नेछ ।

    प्रविधि क्षेत्रमा नयाँ आयाम कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन भएसँगै वीरगञ्ज तथा आसपास क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर मिल्नेछ ।

    यस विषयमा थप जानकारी तथा भर्ना प्रक्रियाका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले पर्साको वीरगञ्ज महानगरपालिका-१५ स्थित द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्समा सम्पर्क गर्न सक्नेछ ।


    प्रकाशित : आइतबार, चैत्र १० २०८१०३:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार