२०८३, कार्तिक १७ गते मंगलबार

प्रचण्ड भन्छन् – इतिहासमा सीमित भइसकेको राजतन्त्र पुर्नस्थापना असम्भव

प्रचण्ड भन्छन् – इतिहासमा सीमित भइसकेको राजतन्त्र पुर्नस्थापना असम्भव


  • मेरोभ्यूज
  • चैत्र ५, २०८१ मंगलबार

  • प्रचण्ड भन्छन् – इतिहासमा सीमित भइसकेको राजतन्त्र पुर्नस्थापना असम्भव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताएका छन् ।

    २७औं सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उनले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताए ।

    “संविधान समीक्षाको बहस चलाइयोस्, त्यो टुङ्गोमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्छ”, प्रचण्डले भने, “सबै राजनीतिक दल र शक्ति मिलेर समीक्षा गरौँ, यसरी गरिने संशोधनले मात्रै सही आकार लिन सक्छ ।”

    जनताको सङ्घर्ष र बलिदानको बलमा स्थापित राजनीतिक उपलब्धि खोस्ने प्रयास स्वीकार्य नभएको उल्लेख गर्दै उनले त्यस्तो प्रयासलाई परास्त गरिने बताए । “इतिहासमा सीमित भइसकेको राजतन्त्र पुर्नस्थापना असम्भव छ”, प्रचण्डले भने, “त्यसका लागि फेरि अर्को मूर्खता गर्नु उचित हुँदैन ।”

    Prachanda (1).jpeg

    वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै प्रचण्डले वामपन्थी एकताका निम्ति आफूले इमान्दार प्रयास गर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

    नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताए। प्रतिगामी कदम विरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि सङ्घर्ष गर्नुपर्नेमा उनको जोड थियो ।

    कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेकाे १० वटा पुस्तक विमोचन तथा सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए । 


    प्रकाशित : मंगलबार, चैत्र ५ २०८१०९:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार