काठमाडौं । हालै सम्पन्न गैरसरकारी सस्था महासङ्घ नेपालको ११औं महाधिवेशनले अर्जुनकुमार भट्टराईलाई अध्यक्षमा चयन गरेको छ ।
गत फागुन २५ देखि २७ सम्म काठमाडौंमा सम्पन्न भएको सो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षहरुमा राजेन्द्र शर्मा, संजय लम्साललाई चयन गरेको छ् भने महासचिव देवी खडका तथा उपमहासचिवहरुमा भवराज रेग्मी, किरण थापा चयन भएका छ्न ।
त्यसैगरी महाधिवेशनले कोषाध्यक्षमा गोविन्दबहादुर शाही चयन गरेको छ । ५१ सदस्यीय प्रणाली र ३ बर्षको कार्यकाल रहने व्यवस्था महासङ्घमा रहेको छ ।
तिसौं बार्षिक साधारणसभा र रास्ट्रिय नागरिक सम्मेलनको समेत आयोजना गरिएको सो कार्यक्रममा ७७ जिल्ला र सात प्रदेशबाट नौ सय प्रतिनिधि र अन्य गरि १३ सय सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो भने २१ बुँदे घोषणापत्र जारी गर्दै सङ्घ/सस्थामैत्री वातावरणसहितको सामाजिक क्षेत्र रास्ट्रिय गौरव, समृद्धिका लागि सामाजिक उधमशिलता र सुशासन हाम्रो पौरख भन्ने नारासहित महाधिवेशन सम्पन्न भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको थियो ।

