२०८३, कार्तिक १७ गते मंगलबार

जनतासँग माओवादी तराई-मधेस जागरण अभियान उद्घाटन - अध्यक्ष प्रचण्ड

जनतासँग माओवादी तराई-मधेस जागरण अभियान उद्घाटन - अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • फाल्गुण १२, २०८१ सोमबार

  • जनतासँग माओवादी तराई-मधेस जागरण अभियान उद्घाटन - अध्यक्ष प्रचण्ड

    झापा । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई-मधेस जागरण अभियान उद्घाटन गरिएको छ ।

    झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभियान उद्घाटन गरेको हो ।

    झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ ।

    अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न । केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् ।

    गत पुस २१-२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्व-पश्चिम् जागरण अभियान सञ्चालन हुने छ ।


    प्रकाशित : सोमबार, फाल्गुण १२ २०८१११:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार