झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरेका छन् । यस अवसरमा उनले हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतिक बन्ने खतराबाट जोगाउनु जरूरी रहेको बताए ।

